PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

इपीएल आज हुँदैछ क्वालिफायर्स र एलिमिनेटर, एक टिम फाइनल पुग्ने एक टिम बाहिरिने



पहिलोपोस्ट

इपीएल आज हुँदैछ क्वालिफायर्स र एलिमिनेटर, एक टिम फाइनल पुग्ने एक टिम बाहिरिने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)मा आजबाट प्लेअफ राउण्डका खेलहरु हुँदैछन्। जसअन्तर्गत पहिलो क्वालिफायर्स र एलिमिनेटर खेल हुनेछ।

लिग चरणमा पहिलो स्थानमा रहेको विराटनगर वारियर्स र दोस्रो स्थानमा रहेको भैरहवा ग्लाडिएर्सबीच पहिलो क्वालिफायर्स हुनेछ। उक्त खेलको विजेता सोझै फाइनलमा पुग्नेछन्। पराजित हुने टोलीले भने फाइद्दल पुग्ने अर्को अवसर पाउनेछ।

लिग चरणमा विराटनगर सबै पाँच खेल जितेर अपराजित बनेको थियो। यता भैरहवा भने विराटनगरसँग मात्र हारेको थियो भने बाँकी चर खेलमा विजयी भएको थियो।

विराटनगर सोही लयलाई कायम राख्दै फाइनल पुग्ने दाउमा छ भने भैरहवा पहिलो खेलमा सुधार गर्दै राम्रो खेल्ने योजनामा छ। विराटनगरका कप्तान पारस खड्काले असली परिक्षा यो राउण्डबाट सुरु हुने बताइसकेका छन्। यसैगरी भैरहवाका कप्तान शरद भेषावरले लिग चरणको भन्दा राम्रो खेल्ने बताएका छन्।

यस्तै एलिमिनेटरमा ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजबीच खेल हुनेछ। मंगलबार भएको लिगको अन्तिम खेलमा पोखरालाई पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान बनाएको थियो। यस खेलको विजेता दोस्रो क्वालिफायर्सको लागि छनोट हुनेछ भने हार्ने टोली बाहिरिनेछ।

पहिलो क्वालिफायर्स हार्ने र यस खेलको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell