PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

पाँच किलो चरेशसहित युवक पक्राउ



पहिलोपोस्ट

पाँच किलो चरेशसहित युवक पक्राउ

बागलुङ: चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन्।

सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब निरीक्षक रिमबहादुर बैदवारको टोलीले नियमित चेकजाँचका क्रममा घर्तीमगरलाई चरेशसहित फेला पारेको हो।

पक्राउ परेका घर्तीमगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। निसीखोला क्षेत्रमा चरेशको अवैध उत्पादन र बेचबिखन बढी हुने गर्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell