PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

‘बालगृहमाथि मानव बेचबिखन आरोप, सञ्चालकसहित तीन जना प्रहरी हिरासतमा’



चन्द्रकान्त खनाल

‘बालगृहमाथि मानव बेचबिखन आरोप, सञ्चालकसहित तीन जना प्रहरी हिरासतमा’

रुपन्देही: बुटवल प्रहरीले बुटवल नगरपालिका वडा नम्बर १३ मा सञ्चालित साहाराको घरका सञ्चालकसहित ३ जनालाइ पक्राउ गरेको छ।

नाबालकहरुलाई विभिन्न प्रलोभन देखाई शोषण तथा बिक्री गर्ने उद्देश्यले सो घरमा ल्याइएको भन्ने उजुरीको आधारमा साहाराको घर सञ्चालकलाई पक्राउ गरी अदालतमा म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा देवदह नगरपालिका वडा नं.६ बस्ने शंकर प्यासी, भारत मुम्वई घर भएकी बन्दना प्यासी र मुगु खत्याड गाँउपालिका वडा नं.१ की गीता बुढा रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

मुगुबाट साहाराको घरमा ल्याइएका ५ जना बालकलाई शोषण र कुटपिट भएको भन्दै आश्रमबाट रातिको समयमा भागेर बाहिर आएपछि घटनाबारेको सूचना प्रहरीसामु पुगेको थियो।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराइले वताए।

पीडित बालकहरुको उद्दार गरी तत्काल संरक्षणको लागि नेपाल अविनाश अनाथ आश्रम कोटिहवा रुपन्देहीमा पु¥याइएको प्रहरीको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell