PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

‘नानी ज्यान’ गीतको भिडियोमा पुष्पल र वर्षाको जोडी



पहिलोपोस्ट

‘नानी ज्यान’ गीतको भिडियोमा पुष्पल र वर्षाको जोडी

काठमाडौं: अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसीको नयाँ गीत सार्वजनिक भएको छ। ‘नानी ज्यान’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो।

 गीतमा केसीलाई गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन्। गीतमा संगीत र शब्द राजप्रताप केसीले दिएका छन्।

गीतको भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीको फिचरिङ रहेको छ। पुष्प अभिनित ठुलो पर्दाको ‘मंगलम’ रिलिजको क्रममा छ भने शिवाकोटी ‘भेरै’ फिल्मको सुटिङबाट केहि दिन पहिले मात्रै राजधानी फर्केकी थिइन्। उनीहरुले अभिनय गरेको उक्त भिडियोलाई सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलको निर्देशन गरेका हुन्।

गीत एरेञ्ज बाबु प्रधानले गरेका हुन्। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell