PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बाक्लो हुस्सुका कारण नयाँदिल्लीमा रेलसेवा अवरुद्ध



पहिलोपोस्ट

बाक्लो हुस्सुका कारण नयाँदिल्लीमा रेलसेवा अवरुद्ध
फोटो श्रोतः indiarailinfo.com

नयाँदिल्ली :  नयाँदिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार रेलसेवा अवरुद्ध भएको छ। भारतीय राजधानी नयाँदिल्ली र आसपासका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन् बढ्दै गएपछि रेलसेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन्। 

भारतीय अधिकारीहरुका अनुसार बुधबार बिहान कम्तीमा पनि ३० वटा रेलको सेवा अवरुद्ध भएको छ। बिहानै सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्हमामात्र सेवा सुरु गरेका छन्। 

त्यसैगरी हुस्सुका कारण बुधबार बिहानका १८ वटा रेलको सेवा नै रद्द हुन पुगेको बताइएको छ। बाक्लो हुस्ससका कारण बाटो नदेखिएकोले रेल सेवा अवरुद्ध हुन पुगेको जानकारी अधिकारीहरुले दिएका छन्। 

नयाँदिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन्। बुधबार दिनभर पनि यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ। 

साथै विभागले बुधबार दिउँसोको तापक्रम बढीमा २८ डिग्री र न्युनतम सात डिग्री सेल्सियस रहने अनुमान गरेको छ। रासस/एएनआई

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell