PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

पोखरा सडक महोत्सवको तयारी पूरा, ५ लाख पर्यटकहरु भित्रिने अपेक्षा



पहिलोपोस्ट

पोखरा सडक महोत्सवको तयारी पूरा, ५ लाख पर्यटकहरु भित्रिने अपेक्षा

पोखरा :  ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको १९ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ ।

पर्यटकीय सुन्दर नगरी पोखरामा भोलिदेखि सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको रेष्टुरेण्ट एण्ड वार एशोसिएसन रेवान पोखराले जनाएको छ।

महोत्समा ७ वटै प्रदेश तथा विभिन्न ४ देशका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। पोखराको फेवा तालको किनारामा रहेको कोमागाने पार्कसहित लेकसाईडमा आयोजना हुने महोत्सवमा दैनिक एक लाख पर्यटक भित्राउने तयारी भएको रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक चौबहादुर गुरुङले जानकारी दिए। 

‘महोत्सवमा पोखरा सहित पोखरा आसपास र देशका विभिन्न क्षेत्रबाट लाखौं पर्यटक भित्रिने छन्’ उनले भने। ‘देशबाटमात्र नभएर भिविन्न मुलुकबाट समेत पाँच दिनमा करिब ५ लाख पर्यटकहरु भित्राउने योजना छौ।’

प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको रेवानले महोत्सवको आयोजना गरेका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको अध्यक्ष गुरुङले बताए।

महोत्सवमा भारत, चीन, जापान, दक्षिण कोरियाका सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहने रेवान पोखराका द्वितिय उपाध्यक्ष एवं महोत्सव प्रचारप्रसार संयोजक लक्ष्मण बरालले बताए। ‘महोत्सवमा हस्तकलाका समानको प्रदर्शनी, साहासिक खेल गतिविधिको बृतचित्र प्रर्दशनी, वाल उद्यानसमेत राखिएको छ ’उनले भने।‘देशका सातै प्रदेशको फरकफरक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने छ।’ 

बरालका अनुसार प्रदेश एक झापाबाट सतार जातीको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने प्रदेश दुईबाट जनकपुरको मैथली, प्रदेश नम्वर ३ को काठमाडौंबाट नेवारी, प्रदेश ४ को कास्कीबाट गुरुङ, प्रदेश ५ को बर्दियाबाट थारु जतिको, प्रदेश ६ बाट हुम्लीको र प्रदेश ७ को डडेलधुराबाट देउडा कार्यक्रम प्रस्तुत हुने छ। 

कोमागाने पार्कमा मुख्य स्टेज सहित रातिको पप कन्र्सटको आयोजना हुनेछ । त्यसैगरी पोखराको लेकसाईडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्म करिब ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell