PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको जनजीवन कष्टकर, तापक्रम घटेर माइनस ४ डिग्री



पहिलोपोस्ट

कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको जनजीवन कष्टकर, तापक्रम घटेर माइनस ४ डिग्री
फाइल फोटो

जुम्ला :  कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ। अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण बन्ने गरेको छ। जाडोका कारण बेंसी झर्नेहरुको ओइरो लाग्न थालेको छ। 

हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ। अत्याधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसमा पनि गरिब तथा विपन्न परिवारका सदस्य बढी मर्कामा परेका छन्। 

चिसोले निमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल निर्देशक डा पूजन रोकायाले जानकारी दिए। अस्पतालमा आउने बिरामीलगायत सबैलाई बाक्लो कपडा लगाएर न्यानो राख्न र झोलिलो पदार्थ खान सुझाव दिइएको पनि उनले बताए।

छोटो दिन र लामो जाडो रातले गर्दा पानी जम्ने, पाइप फुट्ने, धारा भाँचिने र बन्द हुँदा खानेपानीको समस्या भएको छ। चिसोले गर्दा आगो बालेर व्यापारिक कारोबार भइरहेको छ। जाडोले व्यापार घटेको स्थानीय व्यापारी कल्से रावतले बताए। 

सवारीसाधनको ट्याङ्कीको इन्धन जम्दा सञ्चालन गर्न समेत समस्या हुने गरेको छ। हिमपात नहुँदा खेती किसानी गर्न कर्णालीबासीलाई चिन्तित बनाएको छ। हिजोआज जुम्लामा माइनस चार डिग्री सेल्सियस तापक्रम रहेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell