PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भीमफेदीमा सुमो दुर्घटना, ८ घाइते, दुईको अवस्था गम्भीर



पहिलोपोस्ट

हेटौँडा :  हेटौँडाबाट काठमाडौँ गइरहेको टाटासुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। ना१च १९३९ नम्बरको टाटासुमो आज बिहान भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा दुर्घटना भएको हो। चालकसहित दुईजना गम्भीर र ६ जना सामान्य घाइते भएका छन् । 

प्रहरीका अनुसार टाटासुमे सडकबाट १०० मिटर तल झरेको थियो। चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए। 

काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना भएको थियो। घाइतेहरुलाई उपचारका लागि हेटौँडा पठाइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell