PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

कांग्रेसले सत्ता लम्बाउनका लागि बखेडा निकाल्योः माधव नेपाल



पहिलोपोस्ट

कांग्रेसले सत्ता लम्बाउनका लागि बखेडा निकाल्योः माधव नेपाल

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली कांग्रेसले अपमान गरेको आरोप लगाएका छन्।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेता नेपालले जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा कांग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको आरोप लगाए।

नेपालले नेपालको संविधान संसारकै गर्व गर्न लायक रहेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्ने बताए।

उनले भने,‘कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन्।’

अब इमान्दारिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर राज्य सञ्चालन गरिने उल्लेख गर्दै नेपालले योग्य मान्छेलाई जिम्मेवारी दिइने व्यवस्था गरी विकास निर्माणको अध्याय सुरु गरिने बताए। नेपालले एमाले र माओवादी केन्द्रका बीच एकता हुनेमा आशङ्का नगर्न आग्रह गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell