PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

रमित ढुङ्गानाको आइफोन ७ प्लस हराएपछि



पहिलोपोस्ट

रमित ढुङ्गानाको आइफोन ७ प्लस हराएपछि

काठमाडौः कलाकार रमित ढुङगनाको मोबाइल हरायो। ढुङ्गानाले मोबाइल हराएको भन्दै प्रहरीमा खोजिको लागि उजुरी दिए। तर उनको फोन भेटिएको छैन।

आफ्नो आइफोन सेभेन प्लस हराएको केहि दिनपछि मात्र ढुङ्गाना प्रहरीकोमा पुगेका हुन्। महानगरिय प्रहरी परिसर काठमाडौंबाट दिइएको जानकारी अनुसार ढुङ्गना केहि दिनमानै अमेरिका फर्कदै छन्। त्यसैले उनले आफ्नो मोबाइल चाडो खोजी गरिदिन प्रहरीलाई अनुरोध गरेका हुन्।

रमितले पछिल्लोपटक 'बुद्ध बर्न इन नेपाल' नामक फिल्म सार्वजनिक गरेका थिए।

महानगरीय प्रहरी कार्यालय परिसर काठमाडौंमा दैनिक करिब १० जना मोबाइल हराएको उजुरी दिन आउने गरेका छन्। यसरी उजुरी पर्नेका मध्ये करिव ५ प्रतिशतमात्र मोबाइल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell