
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। दुई नेताहरुको भेटवार्ता बालकोटस्थित ओली निवासमा भएको हो।
भेटमा नयाँ सरकार गठनको लागि बाटो खुल्ला गर्न देउवा सरकारलाई आग्रह गर्ने, निर्वाचन आयोगलाई समानुपातिक मत परिणाम छिटो सार्वाजनिक गर्न आग्रह गर्ने र एक वा दुई दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने लगायतका विषयमा छलफल भयो।
सरकार गठन, राष्ट्रिय सभा गठन र पार्टी एकीकरणका बारेमा उठेका आशंका भ्रमपूर्ण रहेको र एकीकरणमा दुई दलबीच विमती नरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमिल्सेनाले जानकारी दिए।
नेकपा माओवादीका अध्यक्ष दाहालको चार दिने चितवन बसाई पछि आज भेटवार्ता भएको हो।
दाहाल चितवनमा रहँदा आएका अभिव्यक्तिले एमाले माओवादी बीचको एकतामा शंका प्रकट भएका थिए।