PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनको प्रमुख मुद्धा संविधान संशोधन



पहिलोपोस्ट

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनको प्रमुख मुद्धा संविधान संशोधन
फाइल फोटो : चाइना डेली

बेइजिङ : आउँदो जनवरीमा हुने चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को केन्द्रीय समिति बैठकमा संविधान संशोधनको मुद्दा प्रमुख एजेन्डा हुने भएको छ। जनवरीमा पैचिङमा पार्टीको १९ औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक बस्न लागेको हो।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले आज गरेको निर्णयअनुसार १९ औं सिपिसीको मुल मुद्दा संविधान संशोधन रहने भएको हो। आजको बैठकमा सन् २०१८ का योजनासँगै कम्युनिस्ट पार्टीको आचरणबारे छलफल भएको थियो। 

सिपिसी केन्द्रीय कमिटीका महासचिव सी चिन फिङले बैठकको अध्यक्षता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell