PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

दुई उत्तर कोरियाली अधिकारीमाथि अमेरिकाद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्ध



पहिलोपोस्ट

दुई उत्तर कोरियाली अधिकारीमाथि अमेरिकाद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्ध
फोटो श्रोतः Reuters

वासिङ्टन :  संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तर्राष्ट्रियरुपमा प्रतिबन्ध लगाएको छ। 

ती अधिकारीले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ। 

उनीहरुलाई प्रतिबन्ध लगाउन गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिफारिश गरेको थियो। उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्तावमा सूचिकृत पनि संयुक्त राष्ट्रसंघले नै गरेको थियो। 

यसअघि संयुक्त राष्ट्रसंघले शुक्रबार मात्र पनि अरु केही उत्तर कोरियालीमाथि यस्तैखालको प्रतिबन्ध लगाएको थियो। 

उत्तर कोरियाका नेता किम जङ उनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा यी अधिकारी साथमै रहेको तस्विर सार्वजनिक भएको थियो। 

ती अधिकारीमा किम जङ सिक र रि प्योङ चोल भएको जनाइएको छ। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell