PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

फिल्म गाँजाबाजाको 'ह्याप्पी मुड' दोस्रोपटक रिलिज



पहिलोपोस्ट

फिल्म गाँजाबाजाको 'ह्याप्पी मुड' दोस्रोपटक रिलिज

काठमाडौं: नामको विवाद टुङ्गिनु अघि फिल्म 'गाँजाबाजा' युनिटले एउटै गीत दुईपटक रिलिज गर्‍यो। 'ह्याप्पी ह्याप्पी मुड' बोलको गीत बुधबार दोस्रोपटक सार्वजनिक गरेको हो।

यसअघि मंसिर २२ नै उक्त गीत भिडियोसहित रिलिज भएको थियो। जुन कन्टेन्ट अहिले हटाइएको छ। निर्देशक गणेशदेव पाण्डेका अनुसार गीत सम्पादन गरेर औपचारिक रुपमा सार्वजनिक गरिएको हो। भने,'पहिले हामीले हाम्रै च्यानलबाट अपलोड गरेका थियौं। त्यो हटाइयो। त्यसैले फेरी रिलिज गर्नु परेको हो।' जटावेदा बेनर्जीले गाएको गीतमा निख र जटाको संगीत रहेको छ। गीतको भिडियोमा अभिनेता सुशील सिटौला र अनुपम शर्मा र वर्षा सिवकोटीको फिचारिङ रहेको

त्यस्तै फिल्मले रिलिज टार्गेट पनि तय गरेको छ। फिल्म आउँदो फागुन २५ गतेबाट प्रदर्शनमा आउने भएको हो। चलचित्र विकास बोर्डले फिल्मको नाम लागू पदार्थ सम्बन्धी भएको भन्दै दर्ता गर्न नमानेपछि निर्माण युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमाथिको अन्तिम सुनुवाई पनि भएको छैन।

दुई बेरोजगार युवाको कथा हो फिल्म गाँजाबाजा- जो गाँजा खोज्दै भौंतारिन्छन्। त्यसै क्रममा सिर्जना अवस्थाहरु फिल्मको मुख्य विषय हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell