PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउँदै देउवा



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउँदै देउवा

काठमाडौं :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिणामबारे छलफल गर्न चाँडै केन्द्रीय समिति बैठक डाक्ने भएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको पदाधिकारीसँगको भेटमा निर्वाचन परिणामबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक डाक्ने मनस्थितिमा देउवा पुगेका बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाले बिहान पार्टीका केही पदाधिकारीसँग अनौपचारिक भेट गरी केन्द्रीय समितिको बैठकबारे पनि छलफल गरेका थिए। भेटमा राष्ट्रियसभा अध्यादेशबारे पनि छलफल भएको एक नेताले जानकारी दिए।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसको परिणाम कमजोर भएकोले पार्टीका नेताहरुले नेतृत्वसमक्ष विशेष महाधिवेशनको माग गरिरहेकाले देउवा दवावमा परेका हुन्। बैठकको मिति भने तय भएकाे छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell