PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

सूर्य नेपाल इस्टर्न गल्फ : पहिलो दिन शिवराम र एमेच्योर टंकलाई संयुक्त अग्रता



पहिलोपोस्ट

सूर्य नेपाल इस्टर्न गल्फ : पहिलो दिन शिवराम र एमेच्योर टंकलाई संयुक्त अग्रता

काठमाडौं : शिव राम श्रेष्ठ र अमेच्योर टंक बहादुर कार्कीले सूर्य नेपाल इस्टर्न गल्फ ओपनको पहिलो दिन अग्रता बनाएका छन्।

पार-७० निर्वाना गल्फ क्लबमा बुधबार सुरु भएको प्रतियोगितामा श्रेष्ठ र कार्कीद्ये समान ४ अन्डर ६६ स्कोर गरे। यस्तै ४ अन्डर ६७ स्कोर गरेका सन्जय लामा तेस्रो स्थानमा रहे।

यस्तै जयराम श्रेष्ठ, रामे मगर र अमेच्योर सुक्र बहादुर राई समान २ अन्डर ६८ स्कोर गर्दै संयुक्त रुपमा चौथो स्थानमा छन्।

सूर्य नेपालको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर एसोसिएसनले आयोजना गरेको सूर्य नेपाल गल्फ टूर २०१७-१८ अन्तर्गतको चौथो प्रतियोगितामा ३० प्रो तथा ३१ एमेच्योर गरी कूल ६१ गल्फरले प्रतिस्पर्धा गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell