PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग



पहिलोपोस्ट

जनकपुर :  मधेश आन्दोलनका पीडितहरुले मधेश आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

बुधबार जनकपुरमा मधेश आन्दोलनका पीडितले विज्ञप्ती जारी गरी पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।

शहिद नितु यादवका बुवा श्रीनारायाण यादव, घाइते शैलकुमारी यादव, सुशील कर्णलगायतले प्रतिवेदन सार्वजनिक गर्न र पीडकलाई कारबाहीको माग गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell