PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रिय भलिबल प्रतियोगिता : एपीएफ र पुलिसको दोहोरा जित



पहिलोपोस्ट

राष्ट्रिय भलिबल प्रतियोगिता : एपीएफ र पुलिसको दोहोरा जित
फाइल फोटो

पोखरा : विभागीय टिम एपीएफ र नेपाल पुलिसले राखेप च्याम्पियनसिप अन्तर्गत २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिन पनि दोहोरा जित हासिल गरेका छन्।

२१औं राष्ट्रिय महिला भलिबलमा एपीएफले कान्छो विभागीय टिम आर्मीलाई २५–९,२५–१९, २५–७ को सेटमा हराउँदा पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५, २५–१६ को सेटमा पराजित गर्‍यो।

त्यस्तै ३१औं राष्ट्रिय पुरुष भलिबलमा एपीएफले मध्यापश्चिमाञ्चललाई २५–१०,२५–९, २५–२० को सेटमा हरायो। पुलिसले सुदूरपश्चिमाञ्चललाई २५–१७, २५–१९, २५–१८ को सोझो सेटमा पाखा लगायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell