PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

क्रिकेट हेर्न टीयू मैदान पुगेका दीपकराज गिरीले शरद भेषावकरलाई ज्वाइँ भनेपछि

क्रिकेट हेर्न टीयू मैदान पुगेका दीपकराज गिरीले शरद भेषावकरलाई ज्वाइँ भनेपछि

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापा बुधवार एभरेष्ट प्रिमियर लिग इपीएल हेर्न कीर्तिपुरस्थित टीयू मैदानमा पुगे। उनले ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजबीचको खेल केही बेर हेरेका थिए। थापाले खेल सकिएपछि विजयी टिम ललितपुरका सन्नी पटेललाई म्यान अफ दि म्याच चेक प्रदान गरे।

यस्तै बुधवारकै पहिलो खेल हेर्न कलाकार दिपक राज गिरी पुगेका थिए। उनले विजयी टिम विराटनगरका ब्याट्म्यान बाबर हायतलाई म्यान अफ दी म्याचको चेक प्रदान गरे।

खेल सकिएपछि बोल्दै गिरीले आफ्नो साथीको टिम जितेको र ज्वाइँको टिम हारेको प्रतिक्रिया दिएका थिए। 'दिपाश्रीको टिम विराटनगर भएकाले साथीको टिमले जित्यो भने हामी सबै कलाकारको ज्वाइँ शरद भेषावकर भैरहवाको टिमले हार्‍यो,' गिरीले भने।  उनले भैरहवा हारे पनि अर्को अवसर रहेको भन्दै राम्रो खेल्न शुभकामना दिए।



ट्रेन्डिङ पोस्ट

Ncell