
काठमाडौं : एरेभष्ट प्रिमियर लिग (इपीएल) को फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायर खेल हुँदैछ। जसमा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ।
भैरहवा पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग ८ विकेटले पराजित भएको थियो। ललितपुरले भने पोखरा राइनोजललाई एलिमिनेटरमा २७ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाएको हो।
लिग चरणमा भैरहवाले ललितपुरलाई ४ विकेटले पराजित गरेको थियो।