
लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै लगातार १८औँ जित हात पारेको छ।
गएराती भएको लिगको एक मात्र खेलमा सटीले न्यूकासल युनाइटेडलाई १-० ले हरायो। सिटीको जितमा रहिम स्टर्लिङले एक मात्र गोल गरे। स्टर्लिङले ३१औँ मिनेटमा केभिन डे ब्रुएनाको पासमा गरेको गोल नै सिटीलाई ३ अंक दिलाउन निर्णायक बनेको हो।
जितपछि २० खेलबाट ५८ अंक जोडेको सिटीले दोस्रो स्थानमा म्यानचेष्टर युनाइटेड माथि १५ अंकको फराकिलो अग्रता बनाएको छ।