PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

दक्षिणी सुडानमा भएको जातीय दंगामा २० जनाको मृत्यु



पहिलोपोस्ट

दक्षिणी सुडानमा भएको जातीय दंगामा २० जनाको मृत्यु

जाबा: दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले जानकारी दिएका छन्। जोङले राज्यका सूचनामन्त्री जाकोब अकेच डेङले एउटा ठाउँको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताए।

पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ।

जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन्। गत महिना भएको जातीय हिंसामा परी ५० जनाको मृत्यु भएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell