PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नेपाली कलाकारलाई भारतमा २० दिने तालिम



पहिलोपोस्ट

नेपाली कलाकारलाई भारतमा २० दिने तालिम

काठमाडौं: नेपालका २५ कलाकार भारतमा अभिनय तालिमका लागि जाने भएका छन्। नेपाल चलचित्र बिकास बोर्डले भारतीय दुतावाससँगको सहकार्यमा पुनेमा हुने तालिममा पठाउन लागेको हो।

निकिता पौडेलको अध्यक्षता रहेको बोर्डले बुधबार अभिनेता तथा अभिनेत्री पठाउने बारे जानकारी सार्वजनिक गरेको हो। 'स्क्रिन अभिनय फाउन्डेसन कोर्स' कार्यक्रमलाई पुनेको भारतीय फिल्म तथा टेलिभिजन संस्थामा आयोजना गर्न लागिएको हो।

तालिमका लागि इच्छुक कलाकारले पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदकले नेपाली कथानक चलचित्र वा विज्ञापन चलचित्रमा अभिनय गरेको हुनुपर्ने नियम विज्ञप्तीमा उल्लेख छ। दुतावासबाट दरखास्त आवेदन फारमका साथ एक फोटो, शैक्षिक योग्यताको प्रमाण पत्र, अभिनय अनुभवका कागजातसहितको आवेदन चलचित्र बिकास बोर्डको कार्यालय वा इमेल [email protected] मा पठाउन सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell