
काठमाडौं : दाङमा एक महिलाले आफ्नै श्रीमानको चारवटा औंला काटेकी छन्। बुधबार राति तुलसीपुर उपमहानगरपालिका वडा १ भम्केछोटेकी ६४ वर्षीया रिसमी महतराले श्रीमान चन्द्रबहादुर महतराको दाहिने हातका ४ वटा औंला काटी पोलेर खाएको प्रहरीले जनाएको छ।
प्रहरीले महतरालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ। घाइते चन्द्रबहादुरलाई भने अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ।