
काठमाडौं: लिरिल फ्रेस फेसको चौथो संस्करण हिसिला महर्जनले जितेकी छिन्। बुधबार भएको फिनालेमा उत्कृष्ट तीनमा रहेका अन्य दुई प्रतिस्पर्धी श्रद्धा मैनाली र पूजा प्रधानलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन्।
महर्जनल स्कुटी र एक लाख नगद रकमसहित पुरस्कृत भइन्। ७ हप्ता लामो चलेको प्रतियोगितामा ७०० भन्दा बढी युवतीले सहभागिता जनाएका थिए।
कार्यक्रममा फेसन फोटोग्राफर किशोर कायस्थ, मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार र मिडियाकर्मी माल्भिका सुब्बा निर्णायक रहेका थिए। प्रतियोगिताको फिनालेमा गायक नितेशजंग कुँवर, अभिनेता आयुष्मान देशराज जोशी लगायतले प्रस्तुती समेत दिए।