PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मन्त्रिपरिषद बैठकः रानीपोखरी पुरातत्वको मापदण्डअनुसार निर्माण गर्न निर्देशन, स्वास्थ्य सचिवमा चौधरी नियुक्त



पहिलोपोस्ट

मन्त्रिपरिषद बैठकः रानीपोखरी पुरातत्वको मापदण्डअनुसार निर्माण गर्न निर्देशन, स्वास्थ्य सचिवमा चौधरी नियुक्त

काठमाडौं :  सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ। आज बसेकोे मन्त्रिपरिषद्को बैठकले डा चौधरीलाई सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए।

यसअघि स्वास्थ्य सचिव रहेका डा किरण रेग्मीले मंसिर १८ मै अनिवार्य अवकाश पाएपछि चौधरीले निमित्त सचिवको जिम्मेवारी सम्हालेकी थिइन्। 

त्यसैगरी बैठकले रानीपोखरी पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ। 

ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको रानीपोखरी पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार मात्र निर्माण कार्य अघि बढाउन सरकारले निर्देशन दिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell