PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

पार्टी अब नयाँ जनवादी क्रान्तिको तयारीमा : मोहन वैद्य



पहिलोपोस्ट

बुटवल :  नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकीकरण र ध्रुवीकरण हुनुपर्ने बताएका छन्। 

बुटवलमा आज आयोजित कार्यक्रममा वैद्यले सच्चा क्रान्तिकारीलाई गोलबन्द गर्न पार्टीले अगुवाई गर्ने बताए।वैद्यले पार्टी एकीकरणका लागि विप्लव, ऋषि कट्टेल र मसालसँग छलफल चलिरहेको जानकारी दिए।

मुलुकमा प्रतिक्रान्तिको अध्याय सुरु भएको भन्दै वैद्यले नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टी जुटेको बताए। उनले वाम र लोकतान्त्रिक गठबन्धन पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न बनेका अारोप लगाए।

बहुदलीय र बहुलवादलाई सिध्याएर कांग्रेस, एमाले र माओवादी केन्द्रले मुलुकमा पाँच दलीयवाद लाद्न खोजेको उनले आरोप लगाए। उनले एमाले र माओवादी केन्द्रको एकता नभई माओवादी केन्द्र एमालेमा विलय भएको जिकिर गरे ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell