PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णय



पहिलोपोस्ट

अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णय

काठमाडौँ : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुवै मिर्गौलाको काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागतरुपमा सञ्चालन गर्दै यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने ६ अर्ब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

त्यस्तै काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने एक अर्ब चार करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell