PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

माघ पहिलो साता नयाँ सरकारः सचिव ज्ञवाली 



पहिलोपोस्ट

माघ पहिलो साता नयाँ सरकारः सचिव ज्ञवाली 

भक्तपुर : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार गठन हुने बताएका छन्।  

रफत सञ्चार क्लबमा सचिव ज्ञवालीले माघ पहिलो साताभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन्। 

ज्ञवालीले एमाले र माओवादीबीच  बृहत छलफल र बहस भइरहेका कारण सरकार गठन लगत्तै पार्टी एकीकरण हुने उनले बताए। पार्टी एकीकरणमा कुनै शंका नगर्न आग्रह गर्दै ज्ञवालीले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहने पनि बताए।  

अहिलेको काम चलाउ सरकारले गरेका सबै खाले निर्णय र नियुक्तिहरु गैरकानुनी भएका उनले आरोप लगाए।यो गतल काम हो उनले भने, ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ ।’

जनताको अभिमतबाट तल परेको कांग्रेसले प्रचण्डलाई ५ वर्षका लागि प्रधानमन्त्री बन्न राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell