PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

निर्वाचन आयोगमा विवेकशील साझाले पठायो तीन जना प्रदेश सभा सदस्यको नाम



पहिलोपोस्ट

निर्वाचन आयोगमा विवेकशील साझाले पठायो तीन जना प्रदेश सभा सदस्यको नाम

काठमाडौंः विवेकशील साझा पार्टीले समानुपातिकतर्फ प्रदेश नम्बर ३ मा पार्टी केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौडेलको नेतृत्वमा तीन सदस्य पठाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय समितिको बैठकले रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो।

विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ। यस प्रदेशमा पार्टीले समानुपातिकतर्फ एक लाख २४ हजार चार सय ४२ मत प्राप्त गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell