PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सलमान खानको 'दबङ्ग टूर'मा कट्रिना कैफ पनि



पहिलोपोस्ट

सलमान खानको 'दबङ्ग टूर'मा कट्रिना कैफ पनि

'टाइगर जिन्दा हे'मा देखिएको सलमान खान र कट्रिना कैफको जोडी 'दबङ्ग टूर रिलोडेड'मा पनि सँगै देखिने भएका छन्। सलमानको म्युजिकल टूरमा कैफ पनि रहने खबर बलिउड हंगामाले जनाएको छ। कार्यक्रमको इन्टरनेसनल प्रोमोसन कम्पनी साहिल प्रोमोसनका भावेश पटेलले उक्त जानकारी दिएका हुन्।

'सलमान र कट्रिनाले फिल्म ब्लकबस्टर भएको खुशी एकैसाथ मनाउन लागेका हुन्', उनले भने,'स्क्रिनमा देखिएको यो जोडीलाई फ्यानले स्टेजमा लाइभ देख्न पाउने भएका हुन्।'

दबङ्ग टूरको दोस्रो संस्करण सन् २०१८ को जुन, जुलाईमा अमेरिका र क्यानडामा हुँदैछ। कार्यक्रममा अन्य कलाकारहरु ज्याकलिन, सोनाक्षी सिंहा, प्रभु देवा, मनिस पाउल,डेजी शाह लगायत पनि रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell