PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

ट्रकको ठक्करबाट भारतको महाराष्ट्रमा सात जनाको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट भारतको महाराष्ट्रमा सात जनाको मृत्यु

नयाँदिल्ली :  पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ। 

नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट अटोरिक्सामा रहेका चालकसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ती यात्रु अटोरिक्सामा दुर्घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको एक मेलामा जान लागेका थिए। 

प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले क्षमता भन्दाबढी सङ्ख्यामा रहेको अटोरिक्सालाई ठक्कर दिएपछि चालकले नियन्त्रण गुमाएका थिए। 

भारतमा विश्वका अन्य देशहरुको तुलनामा सडक दुर्घटना बढी हुने गरेको पाइन्छ।रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell