काठमाडौं : रोहित कुमार पौडेलले शानदार प्रशर्न गरेपछि भैरहवा ग्लाडिएटर्सले ललितपुर राइनोजलाई ३ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लग इपीएलको फाइनलमा प्रवेश गरेको छ।
जितका लागि अन्तिम ओभरमा १३ रन आवश्कय थियो र रोहितले अन्तिम ओभरको सुरुवाती २ बलमा लगातार छक्का प्रहार गरे भने तेस्रो ओभरमा १ रन लिदै जित दसलाए।
१३३ रनको लक्ष्य भैरहवाले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो।
भैरहवाको जितमा नायक बनेका रोहितले १७ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा नटआउट २८ रनको योगदान गरे।
फोटोमा हेर्नुस् रोहितको शानदार फिनिसिङमा भैरहवाको जित र खुशीयाली।