PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

माछाको उचित क्षतिपूर्ति दिने कृषिमन्त्री यादवको प्रतिबद्धता



पहिलोपोस्ट

माछाको उचित क्षतिपूर्ति दिने कृषिमन्त्री यादवको प्रतिबद्धता

काठमाडौं :  कृषिमन्त्री रामकृष्ण यादवले बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १७ टन भन्दा बढी माछा मरेकोप्रति दुःख व्यक्त गर्दै उचित क्षतिपूर्तिको लागि आफूले पहल गर्ने आश्वासन दिएका छन्। 

रिपोर्टर्स क्लबमा फर्मका सञ्चालक युवराज पाण्डेलाई क्षतिपूर्ति उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन्। बजार अभावका कारण माछा मरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन्।

मन्त्री यादवले माछाको उचित बजार व्यवस्थाको लागि आफूले पहल गर्ने र माछा मरेर भएको क्षतिकाकारेमा पाण्डेलाई निवेदन दिन आग्रहसमेत गरेका छन्।

उनले भने,‘मेरो उहाँलाई अनुरोध छ, तपाईले सबै कुरा उल्लेख गरेर निवेदन दिनुहोला, म मन्त्रालयबाट स्थलगत निरिक्षणको लागि प्रतिनिधि पठाउँछु, अनि के कति सहयोग गर्न सकिन्छ म त्यसबारेमा छिटो सोच्छु।’

फर्मका संचालक युवराज पाण्डेले अहिलेसम्म आफ्नो १७ टन माछा मरिसकेकाले आफू मर्नु न बाँच्नुको पीडामा रहेको भन्दै मन्त्री यादवलाई उचित क्षतिपूर्ति दिलाउको लागि आग्रह गरे। उनका अनुसार १७ टन माछा मर्दा झण्डै ५१ लाख रुपैयाँको नोक्सानी भएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell