PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

को हुन् त्रिवि दीक्षान्त समारोहका प्रमुख अतिथि जगदीश कुमार ?



नेत्र तामाङ

को हुन् त्रिवि दीक्षान्त समारोहका प्रमुख अतिथि जगदीश कुमार ?

काठमाडौं : त्रिभुवन विश्वविद्यालले आगामी आइतबार आयोजना गर्न लागेको ४३औं दीक्षान्त समारोहमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको छ। 

दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्पराअनुसार उनलाई निम्तो दिएको परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। प्राडा कुमार शुक्रबार काठमाडौं आइपुग्नेछन्।

को हुन् प्राडा कुमार ?

इन्डियन इन्स्टिच्युट अफ दिल्लीका प्रोफेसर रहेका कुमारलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गत जनवरीमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन्। गत जनवरी २७ मा यसअघिका उपकुलपति सुशील कुमार सोप्रेको पदावधि समाप्तिपछि उनले उक्त जिम्मेवारी सम्हालेका हुन्। 

तेलङ्गनाको नलगोन्ड जिल्लास्थित ममिडलामा जन्मिएका कुमारले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मदरासबाट इलेक्ट्रोनिकल इन्जिनियरिङमा विद्यावारिधी गरेका छन्। आफू जन्मिएकै गाउँको नाम ममिडलाको छोटो रुप एम नामको अगाडि लेख्छन् उनी।

उनले क्यानडाको युनिभर्सिटी अफ वाटरलोबाट कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङमा पोस्ट डक गरेका छन्।

सन् १९९४ जुलाइदेखि १९९५ डिसेम्बरसम्म उनी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खरगपुरमा भिजिटिङ प्रोफेसर थिए। पछि १९९७ मा उनी  इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी दिल्लीमा एसोसिएट प्रोफेसर भए। सन् २००५ मा उनी यही प्रोफेसरमा बढुवा भए। उनी अहिले पनि यहाँ पढाउँछन्।

अध्ययन अनुसन्धानमा सक्रिय उनी सन् २०१३ मा एक्सिलेन्स इन टिचिङ अवार्डबाट सम्मानित भएका थिए।  २०० भन्दा बढी रिसर्च लेख प्रकाशित गरिसकेका उनले।

कुमार इलेक्ट्रिक इन्जिनियरिङमा नानोइलेक्ट्रोक्निक्स डिभाइस, नानोस्केल डिभाइसको मोडल बनाउने, पावर सेमिकन्डक्टर डिभाइस बनाउने काममा संलग्न छन्।  

सबै विषयहरु नानोटेक्नोलोजीसँग सम्बन्धित छन्। डिभाइसभित्रको सुक्ष्म सम्बन्धबारे अध्ययन, अनुसन्धन र नयाँ मोडल निर्माणसम्बन्धी विषयहरु नानोटेक्नोलोजीमा पर्छन्। मोबाइल, कम्प्युटरदेखि विद्युतीय सामग्रीहरुमा यस्ता सुक्ष्म सामग्रीहरुको प्रयोग हुन्छ।

उनी चर्चित नेचर पत्रिकाका सम्पादकीय बोर्डमा पनि छन्। त्यसैगरी उनी विभिन्न इलेक्ट्रिक सम्बन्धी पत्रिकाहरुमा सम्पादक रहेका छन्।

अमेरिकामा प्रकाशित हुने विभिन्न पत्रिकाहरुका सम्पादकसमेत हुन्। अमेरिकामा स्प्रिङगरले प्रकाशन गर्ने जर्नल अफ कम्प्युटेसनल इलेक्ट्रोनिक्स पत्रिका एसोसिएट्स सम्पादकसमेत हुन्। ग्राजुएट एप्टिच्युड टेस्टका अध्यक्ष रहेका उनी युनिभर्सिटी ग्रान्ट कमिसनका सदस्य हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell