PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

सूर्य नेपाल इस्टर्न गल्फ : शिवरामलाई पछि पार्दै एमेच्योर खेलाडी टंकले लिए अग्रता



पहिलोपोस्ट

सूर्य नेपाल इस्टर्न गल्फ : शिवरामलाई पछि पार्दै एमेच्योर खेलाडी टंकले लिए अग्रता

काठमाडौं : नेपाल नम्वर वान खेलाडी शिव राम श्रेष्ठलाई पछि पार्दै एमेच्योर गल्फर टंक बहादुर कार्कीले सूर्य नेपाल इस्टर्न गल्फ ओपनको दोस्रो दिन अग्रता लिएका छन्।

दोस्रो दिन ३ अन्डर ६६ स्कोर गर्दै टंकले शिवराम र अर्का एमेच्योर खेलाडी शुक्र बहादुर राईमाथि माथि २ स्ट्रोकको अग्रता बनाएका छन्।

पार-७० निर्भाना गल्फ क्लबमा पहिलो दिन ४ अन्डर ६७ स्कोर गरेका टंकले कूल ७ अन्डर १३३ स्कोर गरेका छन्।

यस्तै पहिलो दिन टंक समान ४ अन्डर ६६ स्कोर गरेका शिवरामले दोस्रो दिन १ अन्डर ६९ स्कोर गरे। कूल ५ अन्डर १३५ स्कोरका साथ शिवराम दोस्रो स्थानमा छन्।

दोस्रो दिन २ अन्डर ६८ स्कवर गरेका अर्का एमेच्योर खेलाडी शुक्र बहादुर राई कूल ५ अन्डर १३५ स्कोरका साथ शिवराम सँगै दोस्रोमा छन्।

यस्तै इभन पार ७० स्कोर गरेका सन्जय लामा ३ अन्डर २१३७ स्कवरका साथ चौथो स्थानमा छन्।

दोस्रो दिनको खेलपछि ६ एमेच्योरसहित २७ खेलाडीले कट राउण्डमा स्थान बनाएका छन्।

सूर्य नेपालको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर एसोसिएसनले आयोजना गरेको सूर्य नेपाल गल्फ टूर २०१७-१८ अन्तर्गतको चौथो प्रतियोगितामा ३० प्रो तथा ३१ एमेच्योर गरी कूल ६१ गल्फरको सहभागिता छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell