काठमाडौं : राखेप च्याम्पियनसिप-२०७४ अन्तर्गत भइरहेकव १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला तथा पुरुस एकलको सेमिफाइनल समिकरण पूरा भएको छ।
पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनुवार सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। मध्यमाञ्चलकाद्वय विपना ब्लोन र स्वस्थानी श्रेष्ठले बनाए।
क्वाटरफाइनलमा कृष्णाले मध्यमाञ्चलकी सपना ब्लोनलाई ११–४, ११–५, ११–०, भावनाले पूर्वाञ्चलकी मुस्कान राउतलाई ११–१, ११–२, ११–३, विपनाले मध्यमाञ्चलकी श्रीमाया लामालाई ११–३, ११–२ र ११–७ तथा स्वस्थानीले मध्यमाञ्चलकी मन्जिला आले मगरलाई ११–७, ११–८, ११–९ को सोझो सेटमा पराजित गरे।
सेमिफाइनलमा कृष्णाले स्वस्थानी तथा भावनाले विपना विरुद्ध प्रतिस्पर्धा गर्नेछिन्।
पुरुष सिंगल्स सेमिफाइनलमा पश्चिमाञ्चलका अमृत थापा मगरले मध्यमाञ्चलका राजेन्द्र शाक्य तथा अरहान्तकेशर सिम्हले मध्यमाञ्चलका छिरी लामासंग प्रतिस्पर्धा गर्नेछन्।
अमृतले मध्यमाञ्चलका उमिद शाक्यलाई ११–३, ११–७, ११–१, अरहान्तले नेपाल प्रहरी क्लबका दीपक थापालाई ११–५, ११–५, ११–६ तथा राजेन्द्रले पश्चिमाञ्चलका पदमबहादुर थापालाई ११–९, ११–८, १३–११ को सीधा सेटमा हराए। छिरीले मध्यमाञ्चलका सुदीपबहादुर सिंहबाट वाक ओभर पाए। घाइते भएकाले सुदीपले खेल त्यागे।