PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सेपाकताक्रो प्रतियोगिता : आर्मी र पूर्वाञ्चल सेमिफाइनलमा



पहिलोपोस्ट

सेपाकताक्रो प्रतियोगिता : आर्मी र पूर्वाञ्चल सेमिफाइनलमा

काठमाडौं : नेपाल आर्मी क्लब र पूर्वाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। आर्मी र पूर्वाञ्चल समूह ‘ए’ को क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन्।

समूह ‘ए’ को लिगमा आर्मी र पूर्वाञ्चलले समान १ जित र १ हार व्यहोरे पनि अंकका आधारमा आर्मी विजेता बनेको हो। पश्चिमाञ्चललाई २–० ले पराजित गरेको आर्मी पूर्वाञ्चलसंग २–० ले पराजित भयो। पश्चिमाञ्चलले भने पूर्वाञ्चललाई २–१ ले हरायो।

समूह ‘बी’ बाट मध्यपश्चिमाञ्चल विजेता र मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनलमा पुगे। मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २–० तथा मध्यमाञ्चललाई २–१ ले हरायो। सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा मध्यमाञ्चल २–० ले विजयी भयो।

महिलामा मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले सेमिफाइनलमा स्थान सुरक्षित गरे। एक टोलीको टुंगो लाग्न बाँकी छ। शुक्रबार सम्पन्न हुने प्रतियोगितामा रेगु स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell