
काठमाडौँ : नेकपा एमालेले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालले प्रदेश नं. १ मा १५, प्रदेश नं २ मा ७, प्रदेश नं ३ मा १६, प्रदेश नं ४ मा १०, प्रदेश नं ५ मा १३, प्रदेश नं ६ मा ६ र प्रदेश नं ७ मा ८ प्रदेशसभा सदस्यको सिट पाएको थियो ।
प्रदेशसभा सदस्यको नामावली यसप्रकार छ :
प्रदेश नं १
विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जबेगु, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर (विश्वकर्मा), वसन्तीदेवी यादव र गुलेफुन मियाँ ।प्रदेश नं २
त्यसैगरी प्रदेश नं २ मा सीता गुरुङ, रवीन्द्र बैठा धोवी, डा मनोजकुमार सिंह, जकतारैन देवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव र हसिमा खातुन ।प्रदेश नं ३
प्रदेश नं ३ मा बेलिमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ (वान्तवा), इन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली (नेपाल), पार्वती सिलवाल र मैना अछामी सार्की ।प्रदेश नं ४
प्रदेश नं ४ मा चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ सुवेदी, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, लक्ष्मी सुनार र जुनादेवी नेपाली ।