PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

राष्ट्रिय भलिबल प्रतियोगिता : सेमिफाइनल समीकरण पूरा



पहिलोपोस्ट

पोखरा: राखेप च्याम्पियनसिपअन्तर्गत २१औं महिला तथा ३१औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ।

बिहीबार सम्पन्न समूह चरणका खेलपछि २१औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफले पश्चिमाञ्चल तथा मध्यामञ्चलले पुलिससँग सेमिफाइनलमा भेट पक्का गरेका छन्।

त्यस्तै ३१औं राष्ट्रिय पुरुष भलिबलतर्फको सेमिफाइनलमा आर्मी र पुलिसबीच विभागीय भिडन्त हुनेछ एपीएफले पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछन्।

पोखरा रंगशालमा बिहीवार भएको महिलातर्फको लिग खेलमा मध्यामञ्चलले घरेलु टिम पश्चिमाञ्चललाई २५–९,२५–१४, २५–१५ को सोझो सेटमा हरायो। अपराजित रहेको मध्यामञ्चल समूह ए को विजेता तथा एक खेल गुमाएको पश्चिमाञ्चलले समूह उपबिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाए।

महिलाकै समूह बी बाट अपराजित रहदै सेमिफाइनलमा प्रवेश गरेको एपीएफले अन्तिम खेलमा पुलिसलाई २५–१७,२५–२०, २५–१७ को सोझो सेटमा हरायो। दुई खेलमा जित १ मा हार ब्यहोरेको पुलिसले पनि उपबिजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो। महिलातर्फको अन्य लिग खेलमा आर्मीले पूर्वाञ्चललाई २५–१२,२५–१३, २५–१० को सेटमा हराउँदा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–७,२५–१२, २५–१८ को सोझो सेटमा हराए।

यसैगरी ३१औं राष्ट्रिय पुरुष भलिबलतर्फको अन्तिम लिग खेलमा आर्मीले पश्चिमाञ्ललाई २५–२१,२९–२७, २५–१९ को सेटमा हराउँदै समूह ए को बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो। आर्मीसँग पराजय ब्यहोरे पनि पश्चिमाञ्ल उपाबिजेताको रुपमा अन्तिम चारमा प्रवेश पायो।

अर्को लिग खेलमा एपीएफले पुलिसलाई २५–२३,२१–२५,२५–१८, २५–२० को सेटमा हराउँदै समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। पराजित भएपनि पुलिस उपबिजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो। पुरुषकै लिग खेलमा सुदूरपश्चिमाञ्चल र पुर्वाञ्चलले सान्त्वना जित निकाले पनि प्रतियोगिताबाट बाहिरिएका छन्। सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २९–२७,२५–१८, २५–१५ को सेटमा हराउँदा पूर्वाञ्चलले मध्यामञ्चललाई २५–२०,२५–२०, २५–१७ को सेटमा पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell