PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चौथो कार्यकालका लागि रसियाका राष्ट्रपति पुटिनले दिए उम्मेदवारी



पहिलोपोस्ट

चौथो कार्यकालका लागि रसियाका राष्ट्रपति पुटिनले दिए उम्मेदवारी

मस्को: रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले आगमी मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि पुनः मनोनयन दर्ता गरेका छन्। पुटिनले बिहीबार उम्मेदवारी दर्ता गरेका हुन्।

सन् २०१८ मार्चमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन्।

उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ।

पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहदानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाएका छन्।

रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै पुटिनले शासन गरेका छन्। लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ वर्षीय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भएमा आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउने छन्।

यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए। उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell