PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एमाले र माओवादीले छाने समानुपातिक सांसद्, कांग्रेसले आज छनोट गर्दै 



पहिलोपोस्ट

एमाले र माओवादीले छाने समानुपातिक सांसद्, कांग्रेसले आज छनोट गर्दै 

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। समसामयिक राजनीतिक विषयसँगै प्रदेशसभाका समानुपातिकतर्फका सांसद् सिफारिस मुख्य एजेण्डा रहेका छन्। बैठक प्रधानमन्त्री निवासमा बिहान ८ बजे बोलाइएको छ।

निर्वाचन परिणामपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। सरकारको नेतृत्व गरेको तथा यसअघिको पहिलो ठूलो दल कांग्रेस प्रत्यक्ष निर्वाचनमा तेस्रोमा सीमित भएपछि बैठक आह्वानको निरन्तर माग भइरहेको थियो। केही केन्द्रीय सदस्यले महासमिति बैठक र विशेष महाधिवेशन बोलाउन पनि माग गर्दै आएका छन्। 

आजको बैठकले चुनावी परिणामको समीक्षासँगै प्रदेशसभाका लागि समानुपातिक सांसद् छनोट गर्नेछ। कांग्रेसले प्रदेशको समानुपातिकमा ७२ सिट पाएको छ। 

७५ सिट पाएको एमालेले बिहीबार नै सदस्य टुंगो लगाइसकेको छ। भने, ३५ सिट पाएको माओवादीले पनि उम्मेदवार छनोट गरिसकेको छ।

संघीय समाजवादी फोरम, विवेकशील साझा तथा नेपाल मजदुर  किसान पार्टीले पनि बिहीबार नै सदस्य छनोट गरी निर्वाचन आयोगसामु सिफारिस गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell