PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

प्रदेशसभा सदस्यको नामावली बुझाउने आज अन्तिम दिन, दलहरु गृहकार्यमा



पहिलोपोस्ट

प्रदेशसभा सदस्यको नामावली बुझाउने आज अन्तिम दिन, दलहरु गृहकार्यमा

काठमाडौँः निर्वाचन आयोगको पत्राचार अनुसार राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ आज उम्मेदवार सिफारिस गर्दैछन्। आयोगले दिएको ७ दिनको समयसीमा आज सकिँदैछ। नेपाली कांग्रेसबाहेकका अधिकांश दलहरुले समानुपातिक सदस्यको नामावली टुंगो लगाइसकेका छन्। 

एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेमकिपा, नयाँ शक्ति, विवेकशील साझा लगायतका पार्टीले बिहीबार नै नामावली टुंगो लगाइसकेका छन्। सदस्य छनोटका लागि कांग्रेसको बैठक बस्दैछ।

प्रदेशसभाको २२० समानुपातिक सिटमा १३ दलको प्रतिनिधित्व हुनेगरि सिट बाँडफाँट भइसकेको छ। प्रदेशसभा समानुपातिकमा पनि एमालेले सबैभन्दा बढी सिट पाएको छ। प्रत्यक्षमा १६८ स्थानमा जितेको एमालेले समानुपातिकमा ७५ सिट पाएको छ। 

यस्तै, कांग्रेसले ७२ सिट पाएको छ। प्रत्यक्षमा दोस्रो भएको माओवादी केन्द्र समानुपातिकमा तेस्रो भएको छ। माओवादीले समानुपातिकमा ३५ सिटमात्र पाएको छ। माओवादीले प्रत्यक्षमा ७३ सिट जितेको थियो। 

यस्तै, संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टीले १२, विवेकशील साझा पार्टीले ३, राप्रपाले ३ सिट पाएका छन्। राष्ट्रिय जनमोर्चाले २ तथा नयाँ शक्ति, संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले समान एक÷एक सिट समानुपातिकमा पाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell