PahiloPost

May 14, 2024 | १ जेठ २०८१

वीरगंजको तापक्रम ७ डिग्रीमा झर्‍यो, चिसोले जनजीवन कष्टकर



राधेश्याम पटेल

वीरगंजको तापक्रम ७ डिग्रीमा झर्‍यो, चिसोले जनजीवन कष्टकर

वीरगंज: चार दिनदेखि तराईका जिल्लामा अत्याधिक चिसो बढेको छ। चिसो पर्सा, बारा, रौतहटसँगै अन्य जिल्लाको जनजीवन प्रभावित भएको छ। शुक्रबार बिहान वीरगंजको तापक्रम यो सिजनकै सबैभन्दा कम मापन गरिएको छ। 

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित जल तथा मौसम विज्ञान केन्द्रका अव्जर्भर शिवनन्दन यादवका अनुसार बिहीबार बिहान ९ बजेदेखि शुक्रवार बिहान ९ बजेसम्मको अधिकतम तापक्रम २० डिग्री सेल्सियस र न्यून्तम तापक्रम साढे ७ डिग्री सेल्सियस मापन गरिएको छ।

चार दिनदेखि लगातार तापक्रममा गिरावट आएकाले चिसो अचानक बढेको महसुस गरिएको उनले बताए। बिहीबारको अधिकतम १८, र न्युनतम साढे १०, बुधवार अधिकतम २१, तथा न्युनतम १२ डिग्री मापन गरिएको छ। 

‘दुई दिनदेखि सापेक्षिक आद्रता शतप्रतिशत रहेको छ। यसको मतलव हावामा पानीको मात्रा १०० प्रतिशत छ’, यादवले भने ‘यो भएपछि हावासँगै पानीको थोपा (शीत) पनि खस्छ। जसले हिँडडुलदेखि काम गर्न असहज हुन्छ।’

दुई साताअघि यस्तै शीतलहर चलेको थियो। जसले जनजीवन प्रभावित भएको थियो। खासगरी चिसोले बालबालिका वृद्ध–वृद्धा, दैनिक मजदुरी गर्ने कामदार, विपन्न परिवार चिसोले प्रभावित भएका थिए। 

यसैबीच वीरगंज महानगरपालिकाले केही दिनयता बढेको चिसोको कारण जनजीवन प्रभािवत भएपछि आजदेखि वीरगंजको विभिन्न चोकमा सर्वसधारणहरुको लागि आगोको धुनी बालेको छ। वीरगंजबाट ओहोरदोहोर गर्ने यात्रु तथा बजार आउने ग्राहक उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै आगोको धुनी बालिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell