PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

राष्ट्रियसभामा एकल संक्रमणीय कि बहुमतीय? आज सर्वोच्चमा हुँदैछ सुनुवाइ



पहिलोपोस्ट

राष्ट्रियसभामा एकल संक्रमणीय कि बहुमतीय? आज सर्वोच्चमा हुँदैछ सुनुवाइ

काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको आज सुनुवाइ हुँदैछ। रिट निवेदन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी तोकिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्न, राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँट नगर्न समेतका माग गर्दै अधिवक्त यज्ञमणि न्यौपानलेले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए। 

रिटमा प्रदेश प्रमुख तत्काल नियुक्त गर्न सरकारका नाममा आदेश जारी गर्न पनि माग गरिएको छ।

दलीय विवादका कारण करिव दुई महिनादेखि राष्ट्रियसभा निर्वाचन विधेयक राष्ट्रपति कार्यालयमा रोकिएको छ। एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय निर्वाचन प्रणाली भन्ने मुख्य विवादमा विधेयक रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell