काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म रिलिज भए। फिल्म 'ह्याप्पी न्यू इयर' र 'मन त परदेशी' प्रदर्शनमा आएको हो।
देवकुमार श्रेष्ठ लिखित तथा निर्देशित फिल्मले न्यू इयरको दिन घट्ने एक घटनाले सिर्जना गर्ने अवस्थाहरु प्रस्तुत गर्छ। जसमा त्रिकोणात्मक प्रेम कथा केन्द्रमा रहेको छ। अस्ट्रेलियामा खिचिएको फिल्ममा कुशल थापा, सन्ध्या केसी, पुकार गौतमको मुख्य अभिनय रहेको छ।
रती थापाले निर्माण गरेको फिल्मले केही मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएको छ।
त्यस्तै देव नेपाल निर्देशित 'मन त परदेशीले' सिंगल स्क्रिनमा मात्र सो पाएको छ। फिल्मले रोजगारको लागि विदेशिने युवाको कथा भन्छ। फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ।
बलिउडतर्फ फिल्म 'टाइगर जिन्दा हे'ले पाएको दर्शक फ्लोरा कारण अन्य हिन्दी फिल्म रिलिज भएन।
हलिउडतर्फ भने 'जुमाञ्जी- वेलकम टु द जंगल'को नेपाल रिलिज भयो। जेक कासडान निर्देशित फेन्टासी ड्रामाले जादुयी खेल र खेलमा सहभागीहरुले भोग्ने अवस्थाहरु देखाउँछ। एनिमेटेड फिल्ममा डावेन जोहान्सन (द रक), ज्याक ब्ल्याक, केभिन हार्ट, करेन गिल्लान लगायतको अभिनय रहेको छ। फिल्मले मल्टिप्लेक्समा सो पाएको छ।