PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

२५ वर्षपछि नेपथ्यको पहिलो गीत ‘आँगनै भरि’को भिडियो रिलिज



पहिलोपोस्ट

२५ वर्षपछि नेपथ्यको पहिलो गीत ‘आँगनै भरि’को भिडियो रिलिज

काठमाडौं: लोक पप ब्यान्ड नेपथ्यले आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेको छ। स्थापनाको २५ औं वर्ष मनाउँदै ‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपि राखे है’ बोलको गीतको भिडियो रिलिज भएको हो।

‘आँगनैभरि हिउँ नै झरे' नेपथ्यको पहिले रेकर्ड भएको गीत हो। उक्त एल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो। त्यसैले १ अप्रिललाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ।

सार्वजनिक भिडियो नेपथ्यको वर्तमान टोलीले प्रस्तुत गर्दाको प्रत्यक्ष रेकर्डमा आधारित छ। बुटवलमा २०७३ फागुन १४ मा नेपथ्यको कन्सर्टका बेला गाइएको आवाज नै यसमा प्रयोग गरिएको हो। त्यसैगरि दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाको हो।

भिडियो रिलिजसँगै ब्यान्डका अन्य पुराना गीतहरुलाई पनि भिडियोको नयाँ आवरणमा प्रस्तुत गर्ने बताइएको छ।

नेपथ्यमा यतिबेला अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell