PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

युरोपबाट फर्किदै 'लिलिबिली' युनिट, नेपाल छायांकन बाँकी



पहिलोपोस्ट

युरोपबाट फर्किदै 'लिलिबिली' युनिट, नेपाल छायांकन बाँकी

काठमाडौं: फिल्म 'लिलिबिली'को युरोप छायांकन सकिएको छ। लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर फिल्मको युरोप इन्डक्ल्याप भएको हो।

स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्कीमो फिचरिङ रहेको गीतको छायांकन भयो। निर्देशक मिलन चाम्सका अनुसार अब केहि प्रतिशत छायांकन भने नेपालमै हुनेछ। भने,'अब नेपाल आएर बाँकी काम निर्धारित समयमै सकाउने छौं।' 

युरोपियन देशमा छायाँकन सकिन झन्डै ५० दिन लाग्यो। मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ। 

काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भैरहेको फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० मा रिलिज हुदैछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell