PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सोल्टीको रिसोर्ट उद्घाटन गर्न पूर्वराजा नेपालगञ्जमा, हिमानी पनि पुगिन्

सोल्टीको रिसोर्ट उद्घाटन गर्न पूर्वराजा नेपालगञ्जमा, हिमानी पनि पुगिन्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  नेपालगञ्जमा निर्माण भएको सोल्टी होटलको शाखा उद्घाटन गर्न पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगञ्ज पुगेका छन्। सोल्टी होटलमा ज्ञानेन्द्रकोसमेत लगानी छ।

होटलको सोल्टी शिवविक्रम होटल एण्ड रिसोर्ट नाम राखिएको छ। काठमाडौंमा सोल्टी होटल स्थापना भएको ५० वर्षपछि नेपालगञ्जमा पनि चार तारे होटल निर्माण गरिएको हो। ८१ बेडरुमको होटल डिसेम्बर २० देखि बुकिङ खुल्ला गरिएको थियो।

अङग्रेजी नयाँ वर्षमा विशेष कार्यक्रम गरी होटलको आंशिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। यही कार्यक्रमलाई लक्षित गरी पूर्व राजा ज्ञानेन्द्र एक हप्ताको लागि नेपालगञ्ज गएका हुन्। पूर्व राजा शाह जनवरी ६ सम्म नेपालगञ्जमा रहने कार्यक्रम छ।

बलिउड कलाकारको उपस्थितिमा नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गरिएको सोल्टी होटलका मार्केटिङ प्रमुख साम्बाविक्रम शाहले जानकारी दिए। सोल्टीले यो होटल कैलाश मानसरोवर जाने पर्यटकलाई लक्षित गरी खोलेको हो।
 


ट्रेन्डिङ पोस्ट

Ncell