मुम्बई : भारतीय शहर मुम्बइको कमला मिल्समा आज बिहान भएको आगलागीबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
घाइतेहरुको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालमा उपचार भइरहेको छ।
आगलागीको कारण पत्ता लागेको छैन। आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकटगर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजप्रति समवेदना व्यक्त गरेका छन्। रासस/एएनआई